कल्पना महर्जनले एकै दिन पारेर दुवै मोहोडाबाट सर्वोच्च शिखर चुमिन्

तस्बिरः बिएल

दुबै मोहोडाबाट सगरमाथिको आरोहण गर्ने पहिलो महिला पत्रकार

सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडाबाट सफल आरोहण गरेकी छन्।

उनले उत्तरी मोहोडाबाट २३ मे २०१९ (२०७६ जेठ ९ गते बिहिबार) बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गरिन्।

उनले नेपालतर्फरहेको दक्षिण मोहोडाबाट २० मे २०१८ (२०७५ जेठ ९ गते) सफल आरोहण गरेकी थिइन्।

यो सँगै उनले दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानीसमेत बनाएकी छन्।

सम्भवत दुवै मोहोडाबाट एकै महिनाको एउटै तारिख र एउटै गतेका दिनमा सगरमाथा शिखर चुम्ने पहिलो व्यक्ति कल्पना महर्जन भएको पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि.का निर्देशक रबिन्द्र महर्जनले बताए।

शिक्षाको माध्यमले बाल बिवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार तथा महिला सगरमाथा आरोही महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चीनको ल्हासातर्फ२०७५ चैत २८ गते प्रस्थान गरेकी थिइन्।

महर्जनले ४३ औं दिनमा सर्वोच्च शिखर दोस्रो पटक सफलतापूर्वक चुम्न सफल भएकी हुन्।

ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराइन्।

प्रकाशित मिति: : 2019-05-25 15:22:05

प्रतिकृया दिनुहोस्