खुशी मनाउन नपाउँदै मोदीको गृहराज्यमा पीडादायी घटना

आगो निभाउँदै दमकलहरू । पीटीआई ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जितको खुशी मनाउँन नपाउँदै गृहराज्य गुजरातमा एउटा पीडादायी घटना घटेको छ। 

भारतीय समाचार संस्था पीटीआइका अनुसार गुजरातको राजधानी सुरतस्थित एक व्यावसायिक भवनमा विद्युत् सट भएर आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ।

शुक्रबार भएको आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने एक विद्यार्थीको मृत्यु भवनबाट हामफाल्दा भएको थियो।मृत्यु हुनेमा १५ देखि २२ वर्ष उमेरका १८ किशोरी र तीन किशोर रहेका छन्।

आगलागीमा परी ११ विद्यार्थी गम्भीर घाइते भएका छन् । 

आट्र्सको एक कोचिङ केन्द्र चलिरहेको भवनमा आगलागी भएको थियो। कक्षा भवनको दोस्रो र तेस्रो तलामा चलिरहेको थियो।भूँइतलाबाट आगो लाग्न शुरु भएपछि विद्यार्थीहरु भवनको चौथोे तलामा भागेका थिए। दमकल आउन ढिलाई भएपछि चौँथो तलाबाट विद्यार्थीहरु हामफाल्न सुरु गरे। हामफाल्दा ११ जना बाँचे भने एक जनाको मृत्यु भयो। 

प्रकाशित मिति: : 2019-05-25 10:00:22

प्रतिकृया दिनुहोस्