शनिबार, १२ जुलाई २०२५

नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

News Image
Agency
• • •

भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ परेका छन्। उनलाई केही समयअगाडि त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। 

अन्सारीबाट ठूलो परिणाममा भारतीय नक्कली नोट बरामद भएको प्रहरी श्रोतले ब्रेक एन लिंक्सलाई जानकारी दियो।

बरामद रकमको विषयमा प्रहरीले मुचुल्का उठाउँदै गरेको छ। अन्सारीसँग अन्य चारजना पनि पक्राउ परेको श्रोतले जानकारी दियो।

‘उनी पक्राउ परेका हुन्। मुचुल्का उठाउने काम भइरहेको छ,’ त्रिभुवन विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।
अन्सारी यसअघि पनि भारतीय नक्कली नोट कारोबारमा पक्राउ परिसकेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?