नेपालमा १८ लाख घूस लिने न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

नेपालका एक न्यायाधीशविरूद्ध सेवाग्राहीबाट घूस लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ। उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुधबार रिट दिवेदन दर्ता गर्न आदेश दिएको थियो।

सेवाग्राहीबाट रु १८ लाख घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो ।

रिट निवेदनमा ढकाल काभ्रेको जिल्ला अदालतमा न्यायाधीश हुँदा पेट्रोलियम पदार्थको कालोबजार गरेको भन्ने मुद्दा हेर्दा आफूलाई परिबन्धमा पारेर ढकालले १८ लाख घूस लिएको उल्लेख गरिएको छ।कालोबजारीसम्बन्धी मुद्दामा पहिले थुनामा पठाएरपछि घुस मागेको जिकिर बानियाँको छ।

उक्त उजुरीमाथि छानबिन गरेर कारबाही गर्नुपर्नेमा न्यायपरिषदले ढकाललाई उच्च अदालतको न्यायाधीश बनाएको भन्दै बानियाँ सर्वोच्च अदालत गएका हुन्।

 

प्रकाशित मिति: : 2019-05-22 23:59:08

प्रतिकृया दिनुहोस्