नेपालगन्जमा मध्यराति ६५ राउण्ड फायर, चरेस तस्करी छुटाउन भारतीयले प्रहरी चौकी आक्रमण

तस्बिरः एजेन्सी

बाँकेको नरैनापुरमा शुक्रबार राति हवाई फायर भएको छ। भारतीय नागरिकले इलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले जवाफी कारबीस्वरूप हवाई फायर गरेको हो।

स्थिति तनावग्रस्त भएपछि नियन्त्रणको लागि हवाई फायर गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले बिएल मिडियालाई बताए।

प्रहरीले भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देविदिन विश्वकर्मालाई पाँच केजी चरेससहित पक्राउ गरेको थियो। उनीहरूले पक्राउ परेका भारतीय नागरिकलाई छोड्न दबाब दिँदै प्रहरी चौकी र प्रहरीको गाडीमाथि आक्रमण गरेको डिएसपी सिं‌‌हको दाबी छ।

विश्वकर्माले नरैनापुर नजिकैको मेलामा चरेस बेच्दै हिँड्ने गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अहिले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।

प्रकाशित मिति: : 2019-05-18 10:22:08

प्रतिकृया दिनुहोस्