अस्ट्रेलियाका लोकप्रिय पूर्व प्रधानमन्त्रीको निधन

AP Photo

अस्ट्रेलियाका लोकप्रिय पूर्व प्रधानमन्त्री बब हावकको ८९ वर्षको उमेरमा विहिबार निधन भएको छ। लेबर पार्टीबाट लामो समय प्रधानमन्त्री बन्ने इतिहास रचेका बब मजदुरहरुका प्रिय पनि मानिन्थे।

उनले लामो समय मजदुरहरुको स्तरोन्नती र अधिकारका लागि लडेका थिए। खुला स्वभावका बबलाई खेलकुदमा विशेष रुचि थियो। त्यसैले उनी युवा माझ पनि उत्तिकै लोकप्रिय थिए।

उनले सन् १९८३ देखि १९९१ को बीचमा ८ वर्ष २ सय ८४ दिन प्रधानमन्त्रीको पद सम्हालेका थिए। उनी अस्ट्रेलियामा तेस्रो लामो कार्यकाल सम्हाल्ने प्रधानमन्त्री पनि हुन्।

प्रकाशित मिति: : 2019-05-17 15:28:28

प्रतिकृया दिनुहोस्