श्रीमानले खन्याए श्रीमतीमाथि एसिड: श्रीमती अस्पतालमा, श्रीमान् हिरासतमा

एसिड प्रहारको सांकेतिक तस्बिर।

काठमाडौंको कालोपुल नजिकै एक युवतीमाथि एसिड प्रहार भएको छ। 

विष्णु भुजेलले बाटो हिडिरहेकी जेनी खड्कामाथि बुधबार साँझ ८ बजे एसिड प्रहार गरेका थिए। ६ वर्षअघि भागी विवाह गरेका भुजेल र खड्काबीच झगडा पर्न थालेपछि दुई वर्षदेखि खड्का भुजेल छुट्टाछुट्टै बस्दै आएका थिए। 

एसिड प्रहारमा घाइते भएकी खड्कालाई उपचारका लागि चावहिलस्थित ओम अस्पताल लगिएकोमा राति नै थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। 

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ।उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीका अनुसार एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पेप्सिकोलाबाट बुधबार राति नै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। 

भुजेलले प्रहरीसँगको बयानमा 'श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको' स्वीकार गरेका छन्।सोधपुछमा संलग्न एक प्रहरी अधिकृतका अनुसार भुजेलले 'जति फकाउँदा पनि सँगै बस्न नमानेपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड हानेको बताए।

घटनामाथि थप अनुसन्धान भैरहेको एसएसपी सुवेदीले ब्रेक एन लिंक्सलाई बताए। 

प्रकाशित मिति: : 2019-05-16 02:04:20

प्रतिकृया दिनुहोस्