प्रधानमन्‍त्रीको स्वास्थ्‍य अवस्था सामान्य,अस्पताल बसाइ भने लम्बियो

प्रधानमन्त्री केपी शर्मा ओली l फाइल तस्बिर:बिएल

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओली त्यहीँ भर्ना भएका हुन् ।

अस्पतालले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण पूरा भएपछि आज राति अथवा भोलिसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’

प्रकाशित मिति: : 2019-10-30 19:51:02

प्रतिकृया दिनुहोस्