श्रीलंकामा मुस्लिम दंगा भड्कियो, ६ घण्टाका लागि कर्फ्यु

तस्वीरः एजेन्सी

श्रीलंकामा मुस्लिम विरोधी दंगा भड्किएपछि विभिन्न ठाउँमा कर्फ्युको घोषणा गरिएको छ। श्रीलंका प्रहरीका अनुसार सोमबार राजधानी कोलम्बो नजिकैका केही जिल्लामा दंगा भड्किएको हो।

यसै महिना श्रीलंकामा ईस्टरको अवसरमा सिरियल ब्लास्ट भएको थियो। दंगा भड्किएपछि स्थानीय सरकारले राती ६ घण्टाका लागि कर्फ्युको घोषणा गरेको छ। दंगा नियन्त्रणमा नआएको खण्डमा कर्फ्युको समय–सीमा थप हुन सक्ने सुरक्षा निकायले बताएका छन्।

श्रीलंकाको पश्चिमी तटवर्ती शहरमा एउटा विवादित फेसबुक पोस्ट भएपछि विवाद बढेको थियो। भीडले तीन मस्जिद र मुस्लिमहरूको पसलमा ढुंगा प्रहार गरेका थिए। एकजना मुस्लिम युवालाई पनि अनायसै भीडले पिटेको बताइएको छ।

सुरक्षा निकायले पनि भन्डारनायके अन्तर्राष्ट्रिय एयरपोर्टबाट ४७ वर्षीय मौलानालाई गिरफ्तार गरेका थिए। वावुनियाका स्थायी वासिन्दा मौलाना सोशल मिडियामा कट्टरपन्थी विचारहरू पोस्ट गरिरहेका थिए। उनलाई शान्ति र सद्धभाव बिथोल्न सोशल मिडियामा कट्टरपन्थी विचार पोस्ट गर्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेका थिए। मौलानाको परिचय सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: : 2019-05-13 22:28:33

प्रतिकृया दिनुहोस्