अवैध भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ

तस्वीरः एजेन्सी

प्रहरीले काठमाडौंको ठमेलबाट १६ लाख अवैध भारतीय रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आईतबार राति ठमेलको होटल ब्युमुनबाट उक्त रकम सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मागर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट भारतमा प्रतिबन्धित ५ सय र हजार दरका नोट बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए । ‘उनीहरुलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको छ,’ डीएसपी बोगटीले भने ।

प्रकाशित मिति: : 2019-05-13 15:45:24

प्रतिकृया दिनुहोस्