पाकिस्तानको पाँच तारे होटलमा आतंकवादी हमला, ४ जना मारिए

तस्वीरः एजेन्सी

पाकिस्तानको बलुचिस्तानस्थित ग्वादरमा रहेको एक पाँच तारे होटलमा आतंकवादी हमला भएको छ।

स्थानीय प्रहरीका अनुसार पर्ल कन्टिनेन्टल होटलमा आइतबार ३–४ जना बन्दुकधारी प्रवेश गरेका थिए। घटनामा तीन आतंकवादीसहित ४ जनाको निधन भएको छ।

आतंकवादी होटलमा प्रवेश गरेको सूचना पाउना साथ पाकिस्तानी सुरक्षाकर्मी होटल पुगेका थिए। सुरक्षाकर्मी र आतंकवादीबीच लामो समय गोलीबारी भएको बताइएको छ।

पाकिस्तानी आर्मीले जनाएअनुसार मर्नेमा एकजना सुरक्षाकर्मी छन्। घटनाको जिम्मेवारी प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ।
घटना स्थानीय समयअनुसार साँझ ४ बजेर ५० मिनेटमा भएको थियो।

प्रकाशित मिति: : 2019-05-13 00:44:22

प्रतिकृया दिनुहोस्