नेपाल सिकाउदै विदेशमा

“सयौंथरी फुलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली
............................जय जय नेपाल ”
आँखा बन्द गर्दै छातीमा हात राखेर लहरै उभिएका करिब ६ देखि
१२ वर्षकाविद्यार्थी गाउदै थिए । विद्यार्थीको लाइनको छेउछाउमा साडीमा सजिएका गुरुआमा पनि केटाकेटीलाई साथ दिदै नेपाली राष्ट्रियगान गाइरहेका थिए । राष्ट्रगान सकिएपछि  प्रिन्सिपल गुरुआमा रचिता शर्माले सरस्वती बन्दनाको समय भएको उद््घोष गरिन्् । सबैले हात जोडेर बन्दना गाए । कविता, कथा, चुट््किला सुनाउन इच्छुक हुने भाई बहिनीलाई अगाडि आउन गुरुआमा शर्माले प्रोत्साहान गरेपछि कसैले चुट््किला सुनाए त कसैले कपिमा लेखेर ल्याएको कविता वाचन गरे । चुट््किला सुनाएपछि सबै विद्यार्थी पेट मिचि मिचि हास्छन्् ।
हासि मजा ठट् सकिएपछि गुरुकुल नेपाल स्कुल लेखिएको सुन्तला रंगको टिर्सट लगाएका बालबालिका आफ््ना आफ््ना कक्षा कोठामा पसे  । उनीहरुको पछि पछि लागे गुरुआमाहरु ।
 
यो दृष्य हो क्यानडाको एडमण्डटनमा सन्चालित गुरुकुल स्कूल नेपालको । वि एण्ड द वल्र्ड सेन्टरले करिब ७ वर्ष अघि देखि शुरु गरिएको यस स्कुलमा अहिले ५० भन्दा वढी नेपाली मुलका बालबालिका अध्ययन गर्छन्् । शनिवार  बिहान साढे ११ वजे देखि साढे तीन बजेसम्म उनीहरु क ख ग.. , अ आ इ.. , क का की.. सिकाइको स्तर र उमेर समुह अनुसार बच्चालाई पढाइन्छ  । केटाकेटीले योग गर्छन्् । त्यति मात्र कहा हो र उनीहरु नेपाली गीतमा छमछम नाच्ने सिक्छन्् । अहिले स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा गुरुकुलका विद्याथीको नृत्य अनिवार्य जस्तै भएको  छ । कहिले तामा¨ सेलोमा त कहिले मारुनी नाच, कहिले राजमति कुमति गीतको तालमा व्यस्त भेटिन्छन्् विद्यार्थीहरु । उनीहरु चित्र बनाउन सिक्छन््, बाजा बजाउन तथा गीत बजाउन पनि अभ्यास गर्छन्् । स्थापनाको शुरु शुरुमा त साइन्स , म्याथ पनि सिकाइएको जानकारी प्रिन्सििपल शर्माले दिइन्् । समय थोरै भएकाले अहिले हामीले नेपाली भाषा, सस्कृति र कलामा मात्र जोड दिएका छौं उनी भन्छिन्् । बालबालिकाको इच्छा  तथा रुचि अनुशार संगित सिक्न चाहाने त संगित सिक्छन््,नाच्न मन हुनेले नृत्य क्यासमा बस्छन्् ।  
 
कविता लेख्न जान्नेले कविता सुनाउछन््, कथा भन्छन्् । नेपालमा भएका परिवारका सदस्यहरुको नाम सुनाएर चकेलेट पुरस्कार पाएको दंग पर्दैै सुनाउछन्् ।
हजुरबुबा हजुरआमा, ठुलोबाबा, ठुलो माम, फुपु ,भान्दाजु भाउजु काकाकाकी सानीआमा, ठुलीआमा सबै गरेर नेपाली परिवार र समाजमा भएका नातासम्बन्धी भएका २२ परिवार सदस्यको नाम सुनाएर क्यान्डी ताली र सबैको स्यावासी पाएका प्रद्योतन निरौलालाई नेपाली स्कुल आउन रमाइलो लाग्छ रे । उनी भन्छन्् सबै आफ््नै उमेरका नेपाली साथीभाई सग भेट हुन्छ, गफ गर्न रमाइलो लाग्छ । उनी परिवारसग ८ वर्ष अघि क्यानडा बसाई सरेका थिए । ४ वर्षको उमेरमा नेपाल छोडेर आएका उनले झन्डै नेपाली विर्सिसकेका थिए । “ पहिले नेपाली बोल्न बिर्सिन आटी सकेको थिए“ । अहिले  फरर बोल्न ,लेख्न र पढ््न सक्छु“ ” १२ वर्षका उनी भन्छन्् ।
यसैगरी,प्रद्योतनकै उमेरका सुभम लुइटेलपनि दंग छन्् नेपाली स्कुलमा आउदा । “साथीस“ग भेट हुन्छ, नेपालीमा नै गफ गर्छाै” हामी उनी भन्छन्् ।
छोराले नेपाली स्कुलमा जानथाले देखि धेरै नेपाली बोल्न थालेको अनुभव सुनाउछीन आमा सुमा लुइटेल ।
 
यसरी विदेशी भुमिमा हुर्किका नेपालीमुलका केटाकेटीलाई नेपाल र नेपाली सिकाउने जर्मर्को  दिपक लामा तथा रचिता शर्मा तथा केही साथीले गरेका थिए । त्यसबेला स्कुल शुरु गर्दा जम्मा ४ जना विद्यार्थी थिए रे । अहिले विद्यार्थीेको भार खेपि नसक्नु छ । वेटिगं लिस्टमा मात्र ३० भन्दा बढी विद्यार्थी रहेका प्रिसिन्पल शर्मा बताउछिन्् । सबैलाई समेट््न नसक्दा दुख्ख लागेको सुनाउछिन्् प्रिन्सिपल शर्मा । भन्छिन्् “के गर्नु आफ््नै भवन नभएर इच्छा हुदा हुदै पनि धेरै विद्यार्थी समेट््न सकिएन ।”
क्यानडा आएपछि छोराछोरीले नेपाली भाषा विर्सिएलान्् भने डरले पिरोल्न थाल्यो रे उनलाई । साथी भाईस“ग सरसल्लाह भएपछि केटाकेटी जम्मा पारेर पढाउने निधो गरे उनीहरुले । । त्यसपछि शुरुमा घरमै नेपाली पढाउन थालियो  । नेपालमा लामो समय शिक्षण पेशामा आवद्ध भएकी शर्मा विगत सम्झदै भन्छिन्् “ विदेशमा हुर्किएका छोराछोरीले  नेपाल र नेपाली नविर्सिउन भन्ने मात्रै थियो हामीलाई ।”  २०१२ मा दिपक लामाको घरबाट शुरु गरिएको थियो नेपाली स्कुल गुरुकुल । अहिले स्कुलमा १२ जना शिक्षिकाहरुले नियमित स्वयसेवा गरिरहेको उनले जानकारि गराइन्् । उनी भन्छिन्् “उह““ाहरुको मेहनत लगन विना यत्रो स्कुल चलाउन सम्भव थिएन ।”
नियमित ५ दिन काम गरेपछि बचेको समयमा नेपाली स्कुलमा खट््छन्् स्वयसेवीहरु । कुनै चाडपर्व होस्् वा केटाकेटीको कार्यक्रम आफैं पकाएर नेपाली खाना पनि खुवाउछन्् । कुनै गुरुआमाले सबैलाई पुग्नेगरी भात पकँएर ल्याउनु हुन्छ , कसैले तरकारी, कसैले अचार । अनि छोराछोरीको  प्रस्तुती हेर्न जम्मा भएका अभिभावक र विद्यार्थीलाई नेपाली खाना तयार भयो ।
 
 
घरबाट शुरु गरिएको गुरुकुल स्कुल अहिले सामाजिक संस्था वाव अन्तगर्त सन्चालित छ । यसले क्यानडाको अन्य सामाजिक संस्थाको भवन भाडामा लिएर स्कुल चलाउदै आएको छ ।
 
गुरुकुल नेपालले बालबालिकालाई नेपालीमात्र होइन, सिगों नेपाल सिकाउने हिसावले नेपाली डाइभरसिटी क्यालेन्डर पनि निकाल्ने गरेको छ । नेपाली मुलका परिवारको घरघरमा झुन्डिने यो क्यालेन्डरमा नेपालका विभिन्न जातजाति, चाडपर्व भेषभुषा तथा प्राकृतिक सुन्दरताका तस्विर समेटिएका छन्् । वावका अध्यक्ष दिपक लामा भन्छन्् “ नेपालको विविधिता देखाउन र चिनाउने प्रयास क्यालेन्डर मार्फत गरिएको । ” क्यालेन्डरले नेपाली तिथि मिति हेर्न पनि सजिलो बनाउने तथा नया“ पुस्तालाई त्यसको जानकारी गराउने लामा बताउ“छन्् ।
केही समय अघि मात्र  सामुहिक गुन्युचोली कार्यक्रम गरेको थियो ।कार्यक्रममा  सात  नानीहरुलाई गुन्युचोली दिइएको थियो । यसरी सामुहिक नेपाली कार्यक्रममा छोरीलाई गुन्युचोली दिन पाउदा  आफु नेपालमै भएको अनुभुति भएको सुनाउछिन्् तारा पौड््ल । अप्रिल १३ मा गरिएको कार्यक्रममा उनकी ९ वर्षे छोरी आरुषीलाई  गुन्युचोली दिइएको थियो ।
नया पुस्तालाई नेपाली रिति रिवाज सिकाउन सामुहिक गुन्युचोलीको आयोजना गरिएको स्वयसेवी साम्भवी नेपाल बताउछिन्् ।  
एडमण्टनमा दुई नेपाली स्कुल छन्् । एउटा नर्थ एडमण्डनमा छन्् भने अर्काे साउथ । नर्थ साइडमा बस्ने नेपालीलाई साउथमा अलि टाढा पर्ने भएकाले नर्थमा नै नेपाली स्कुल खुल्दा दंग भएको सुनाउछिन्् उषा काफ््ले । उता लैजान अलि समय लाग्छ , हिउ परेको बेलामा त झन्् गाह्रो हुन्छ । त्यसैले नजिकै नेपाली स्कुल हुदा सजिलो भएको छ उनलाई । छोरालाई स्कुल लाने बाहानामा आफु पनि स्कुलमा स्वयसेवा गर्छिन्् उनी ।
केही महिना अघिमात्र क्यानडा आउनु भएकी हजुरआमा लक्ष्मी अधिकारी नाती शुभमसग नेपाली बोल्न पाउदा विदेशको बसाई रमाइलो भएको बताउछिन्् । विदेशमा जन्मिएका हुर्किएका नातिनातिनाले नेपाली नबोल्लान्् नबुझ््लान भन्ने पिरले पिरोलोको थियो रे उनलाई । “तर, यहा आएपछि त नाती साथीजस्तै भएको छ । नेपाली स्कुल जादो रहेछ । नेपाली मज्जाले बोल्छ । हामीलाई घुमाउन लैजान्छ । अग्रेजीमा कसैले केही सोध्यो भने उल्था गरिदिन्छ ” ११ वर्षे नाति शुभम अधिकारीको प्रंशशा गर्दै उनले सुनाइन्् ।

 

प्रकाशित मिति: : 2019-05-10 17:53:48

प्रतिकृया दिनुहोस्