भारतमा मात्र डाइविटिजका ६२ लाख विरामी

भारतमा डाइविटिज पीडितको संख्या ६२ लाख नाघेको इन्टरनेशनल डाइविटिज फाउन्डेसनले बताएको छ।

फाउन्डेसनले गत वर्ष गरेको रिसर्चअुनसार युवावर्गमा ७ दशमलव १ प्रतिशतले डाइविटिजको संख्या बढ्दो छ। डाइविटिजबाट हुने रोगका कारण भारतमा हरेक वर्ष १० लाख विरामीले ज्यान गुमाउनु परेको छ। यो संख्या अझ बढ्न सक्ने अध्ययनले जनाएको छ।

भारत सरकाले सन् २०१७ मा १ सय जिल्लामा गरेको अध्ययन अनुसार हरेक ८ भारतीयमध्ये १ जना डाइविटिज पीडित छन्। भारत डाइविटिजबाट प्रभावित हुने विश्वको छैटौं ठूलो देश हो।

विश्वका ४ करोड २५ लाख व्यक्ति डाइविटिज पीडित छन्। सन् २०१७ मा भारतमा डाइविटिजबाट हुने विभिन्न रोगको संख्या ४ सय नाघेको थियो। भारतको केरला राज्य डाइविटिजबाट सबैभन्दा प्रभावित राज्य हो। यसपछि तमिलनाडु र पञ्जावको नाम आउँछ।

डाइविटिज प्रभावित देशमा चीनको नाम अग्रपंक्तिमा छ। चीनमा मात्र १ करोड १० लाख डाइविटिज पीडित व्यक्तिहरू छन्।

प्रकाशित मिति: : 2019-05-10 14:32:04

प्रतिकृया दिनुहोस्