प्रचण्डले बाजा बजाएरै सीतासँग गरे दोस्रोपटक विवाह

प्रचण्ड दोस्रोपटक बेहुलो बनेको क्षण ....

नेकपा अध्यक्ष पुष्पकमल दाहाल फेरि एकपटक बेहुलो भएका छन्। विवाह गरेको ५०औं वर्ष पुगेको अवसरमा उनी ५० वर्षअघिकै बेहुली सीताका राम भएका हुन्। 

नेपाली समाजमा बाबुको विवाह देखाइदिउँला भन्ने सुन्ने गरिन्थ्यो तर यसपटक देखियो नै। विबाह प्रचण्ड-सीता पुत्री रेणु र गंगाले आयोजना गरिदिएका हुन्। 

छोरी रेणुले विवाहका बारेमा ब्रेक एन लिंक्सलाई भनिन्- यो विवाहभन्दा पनि आमाको मनोवैज्ञानिक उपचार हो।आमाको स्वास्थ्य बिग्रदै गएकाले हामीले उहाँको खुशीका लागि '५० औँ वैवाहिक वर्षगाँठ' कार्यक्रम आयोजना गरेका हौं।

विवाहोत्सव ललितपुरको सुनाकोठीस्थिति एक निजी घरमा आयोजना गरिएको थियो।बेहुला पुष्पकमल र बेहुली सीताले मञ्चमा दुबो र फूलको माला आदानप्रदान गरेका थिए। बेहुली सीताको स्वास्थ्य अवस्था खस्केको देखिनन्थ्यो त्यसले गर्दा विवाहको जुन रौनक हुनुपर्ने हो, त्यो भने देखिएको थिएन। 

विवाहोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल, उपेन्द्र यादवलगायत मन्त्रीहरु सहभागी थिए। समारोहमा तीनजना पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई पनि सहभागी थिए। उनीहरुले दाहाल दम्पतिलाई स्टेजमा गएर शुभकामना दिएका थिए ।

प्रचण्डले २०२६ साल बैशाख २६ गते पन्ध्र वर्षको उमेरमै सीतासँग मागी विवाह गरेका थिए ।पिएसपी रोगले ग्रस्त सीताका लागि थेरापीकै रुपमा वैवाहिक वर्षगाँठ कार्यक्रम  गरिएको बताइएको छ। 
प्रकाशित मिति: : 2019-05-10 03:34:27

प्रतिकृया दिनुहोस्