बौद्ध तनावग्रस्त,प्रहरी र स्थानीयबीच झडप, शंक बजाएर सरकारको बिरोध

तस्बिरः बिएल

विगत चार वर्षदेखि अलपत्र रहेको बौद्ध—जोरपाटी सडकखण्डको विषयलाई लिएर स्थानीय आन्दोलित भएका छन्।

सरकारले बाटो नबाएर बौद्धबासीलाई ‍ दुःख दिएको भन्दै स्थानीयले बिरोधमा उत्रिएपछि बिहिबार बिहानैदेखि बौद्ध-जोरपाटी क्षेत्र तनावग्रस्त छ।

स्थानीयले बुधबारदेखि थालेको आन्दोलन आजदेखि उग्र रूप लिएको बौद्ध प्रहरीले जनाएको छ। स्थानीयले बिहीबार बिहानैदेखि शंख बजाएर सरकारको सांकेतिक रूपमा बिरोध जनाएका हुन् ।

बिरोध जनाउने क्रममा स्थानीय र प्रहरी बिच केही समय झडपसमेत भएको छ। प्रहरीसँगको झडपमा परि केही स्थानीय घाईते भएका छन्।

स्थानीयको आन्दोलनमा सडक आसपासकापसलेले पनि साथ दिएका छन्।

पसलेहरु पनि बिहानैदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। आन्दोलनस्वप सडक अवरूद्ध गरेपछि प्रहरीले सडक खुलाउने क्रममा झडप भएको महानगरीय प्रहरी आयुक्त डिआईजी शैलेश थापा क्षेत्रीले बिएललाई जानकारी दिए।

‘सडकमा धुलो उड्यो भन्दै स्थानीयले आन्दोलन गरेको र सो आन्दोलन रोख्ने क्रममा सामान्य झडप भएको हो,’ थापा क्षेत्रीले भने। यद्यपी स्थानीयका अनुसार प्रहरी घर भित्रै छिरेर स्थानीयमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2019-05-09 11:40:39

प्रतिकृया दिनुहोस्