बेलायती राजपरिवारमा नयाँ सदस्य

बेलायती राजकुमार ह्यारी बुवा बनेका छन्। ह्यारीकी श्रीमति मेगन मार्केलले सोमबार बेलायती समयअनुसार बिहान ५ बजेर २६ मिनेटमा छोरालाई जन्म दिइन्। राजकुमार ह्यारीका अनुसार उनी र मेगन परिवारमा नयाँ सदस्य थपिएकोमा खुसी छन्।

‘मेगन गर्भवती हुँदा देखि नै हामीसँगै रहने सबैलाई धन्यबाद भन्न चाहन्छु,’ राजकुमार ह्यारीले भनेका छन्। उनले आमा र छोरा दुबै सकुशल भएको बताए।
जन्म लिँदा बच्चाको तौल ३ दशमलव २ केजी रहेको बकिङ्घम प्यालेसले जानकारी दिएको छ। महारानी एलिजाबेथको नाती–नातिनीमा आठौं सदस्य थपिएको हो।

गत वर्ष १९ मेमा ह्यारीले मेगनसँग विवाह गरेका थिए। बेलायती राजपरिवारको बिहेमा करिब ८४ मिलियन पाउण्ड खर्च भएको थियो।

विवाह अगाडि नै ह्यारीलाई ‘ड्युक अफ ससेक्स’ को उपाधिबाट सम्मानित गरिएको थियो। बिहेपछि मेगनले ‘डचेज अफ ससेक्स’ को उपाधि पाएका थिइन।

प्रकाशित मिति: : 2019-05-06 22:32:51

प्रतिकृया दिनुहोस्