एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस

तस्बिरः बिएल

एसएसपी विश्वराज पोखरेललाई नेपाल प्रहरीको बढुवा समितिले डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।

नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले बिहिबार गरेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको नेतृत्वमा रहेको छनोट समितिले निर्णय गरेको छ।।

पोखरेल हाल लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत पोखरेल माघ २८ काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा सरूवा भएका थिए ।

परिसर रहँदा उनले नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामददेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गर्न उत्कृष्ट कार्य सम्पादन गरेका थिए।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामासमेत काम गरिसकेका उनी एसपी हुँदा जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए।

डीएसपी हुँदा संखुवासभामा पहिलो संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए ।

बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए।

बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन्।

प्रकाशित मिति: : 2019-05-02 21:26:44

प्रतिकृया दिनुहोस्