वि.सं १८४६मा शक्तिशाली कर्णाली राज्यकाे हारपश्चात कर्णाली राेग, भाेक, गरिबी र अभावकाे पर्याय बनाइएको छ। शासकहरु फेरिए पनि कर्णालीलाई हेर्ने आँखा फेरिएको छैन।कर्णाली सँधै बहिस्करणमा पारियाे, परिरहेकै छ। चरम लापरबाहीकाे परिणाम कर्णालीलाई हाेच्याउन बनाइएकाे संकलनमा मलजल हुने गरि एउटा अर्काे घटना थपिएकाे छ- हुम्लाकाे माैसमी रुघाखोकी।
मुलधारका सञ्चार माध्यम र तिनका लगानीकर्ताले सदैब कर्णालीले भाेगेका दु:ख र राेगभाेगका कथाहरु सबभन्दा बढी छापे, छाप्न चाहे।उनीहरुकाे मनाेकांक्षाकाे चाँङमा थपिएकाे छ- हुम्लाकाे समान्यबाट माहामारीकाे रुप लिएकाे माैसमी रुघाखोकी।
सामान्यतया रुघाखोकी लागेर मान्छे मरेका घटना निकै कम सुनिन्छन्। यदि यस्ता घटना भैहाले पनि ती नगन्य हुन्छन्। तर, हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा १० जनाको ज्यान गएकाे छ भने दुई सयभन्दा बढी बिरामी परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचान हुन नसके पनि मौसमी रुघाखोकी हुन सक्ने अनुमान सार्वजनिक गरेको छ।
हालसम्मको सरकारी संरचना हेर्ने हाे भने जिल्लाकाे स्वास्थ्य अवस्थाको विषयमा जानकारी राख्ने र समस्या आइहाले तुरुन्तै समाधानतर्फ लाग्ने स्वास्थ्य कार्यालयकाे काम हाे। तर, तीन साता बितिसक्दा पनि स्वास्थ्य कार्यालयले राेग के हाे भन्नेसम्म पहिचान गर्न नसकेर समान्य रुघाखोकी लागेर मान्छे मरेकाे अनुमान लगायाे। २१औं शताब्दीमा सामान्य रुघाखोकी लागेर मान्छे मरेकाे खबर आउन थालेपछि आठौं आश्चर्यभन्दा पनि फरक परेन।
गाउँगाउँमा सिंहदरवार छन्। स्वभाविक रुपमा दरबार वरपर सुविधा पुगेका हुन्छन्।स्वास्थ्य सुविधा हुन्छन्। स्वास्थ्यकर्मी हुन्छन्।उपचार हुन्छ।
नागरिकलाई उपचारमा सहज पहुँच भएकाे महसुस हुन्। तर पनि, वर्षेनी उपचार नपाएर मर्नेको संख्या गनिन छाेडिएकाे छैन। रुघा लागेर मान्छेकाे ज्यान नजानुपर्ने हाे।गएपनि याे ज्यानमारा रुघाखोकी सँधै जुम्ली, हुम्लीलाई मात्र किन लाग्छ ?
नियमित सरसफाइ, खानपिन, तापक्रम व्यवस्थापन भयाे भने रुघाखोकी लाग्दैन।यतिसम्मकाे चेतना जागृत गराउने सरकारी संयन्त्र हुम्लामा नभएकै हाे ? वर्षौदेखि स्वास्थ्य क्षेत्रमा काम गरेकाे रिपोर्ट तयार पार्ने एनजिओ, आइएनजिओले के के प्रगति गरे ? खरानीपानीले हाेइन, साबुनपानीले हात धुनुपर्छ भनेर तथाकथित कर्पाेरेट हाउसका साबुनको प्रचार गर्दै हिड्ने उनीहरुले किन सरसफाइ नियमित गर भनेर सिकाएनन् ? माैसम परिवर्तनको बेला ध्यान दिनुपर्ने विषय किन प्राथमिकतामा परेन ? वर्षेनी स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट सबभन्दा बढी गाेष्ठी, सेमिनार र चेतनामूलक कार्यक्रममा खर्च भएकाे रिपोर्ट छन् तर उपलब्धि स्वरुप माहामारी हात लाग्याे। गाउँकाे सिंहदरबार मुखदर्शक छ।
नेपालकाे संविधानकाे धारा ३५ काे उपधारा (१) मा 'प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन' भनेर लेखिएकाे छ। त्यस्तै उपधारा (३)मा 'प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ' भन्ने पनि लिपिबद्ध छ। कुनैपनि देशकाे माैलिक हककाे रुपमा स्थापित प्रावधान अनिवार्य रुपमा लागू हुनुपर्छ।संविधान कार्यान्वयन गर्ने सरकारले हुम्लीहरुकाे स्वास्थ्य अवस्थालाई किन प्राथमिकतामा राखेन ? हुम्लीहरुकाे न उपचार भयाे न स्वास्थ्य सेवामा सहज पहुँच।उपचार नपाएर भटाभट मर्नु परिरहेकाे छ।यदि समयमै यसकाे यी विषयमा सचेत भएकाे भए यस्ताे अवस्था आउँने नै थिएन।
सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदलबाट तीन दिन लाग्छ, त्यसैले १९ दिनसम्म पनि सरकारले डाक्टर र औषधि पठाएन।साना स्वास्थ्य संस्थाले ३५ किसिमका औषधि र ठुलाले ७२ किसिमका औषधि निःशुल्क वितरण गरिरहेकाे सरकारी तथ्यांक छ तर ताजाकाेटमा किन पुग्दाे औषधि पठाइएन। भएकाे औषधि ३ दिनमा सकिएकाे रिपोर्ट छ। के सरकारकाे क्षमता त्यतिमात्र हाे ? आधारभूत सुविधासम्म पनि उपलब्ध गराउन नसक्ने सरकार र गाउँकाे सिंहदरबारकाे काम के ?
सिंगाे कर्णाली प्रदेशमा एउटा मात्र शिक्षण अस्पताल छ। हाल पढाइ सञ्चालन भइरहेका मेडिकल कलेज २१ र प्रतिष्ठान ३ गरी २४ वटा रहेका छन्। समानुपातिक रुपमा भाग लगाएकाे भए कर्णाली प्रदेशमा मात्र तीनवटा मेडिकल कलेज हुन्थे। उपचारमा नागरिककाे समान पँहुच हुन्थ्यो। तर, नाफा केन्द्रित शिक्षण अस्पतालहरु दुर्गममा जान मान्दैनन्। कँही कतै हुम्ला, जुम्ला, कर्णाली जस्ताे ठाँउमा फैलिने माहामारी कुरेर बसेका हुन्छन् र आफ्ना वार्षिक प्रतिवेदनमा गर्वका साथ स्वास्थ्य क्षेत्रमा हाम्राे याेगदान यति भनेर थप व्यापारकाे क्षेत्र बढाउँछन्।
फेरि पनि कर्णालीका विकट वस्तीमा महामारी फैलिरहन्छ।उपचार नपाएर नागरिक मरिरहन्छन्।सेवामा बुख्याचामा मेडिकल व्यापार जम्नेछ। सरकार नियमनकारी निकायभन्दा पनि सीसी क्यामराकाे भूमिकामा छ। समस्या यहिनेर छ र त हुम्ली-जुम्लीहरु सामान्य माैसमी रुघाखोकी लागेर मरिरहन्छन्। हाललाई सरकारले बढीभन्दा बढी स्वास्थ्य स्वास्थ्यकर्मी र औषधि पठाएर थप मानिसकाे ज्यान जानबाट राेकाेस्।
समाजवाद स्थापना गर्ने र कम्युनिस्ट शासन व्यवस्थालाई आदर्श मान्ने देशले सबै क्षेत्रमा उपचारकाे बन्दाेवस्त गरेका हुन्छन्। समाजवादी देश क्युवामा घरघरमा डाक्टर गएर उपचार गराउछन्। समाजवादोन्मुख हाम्राे देशमा भने मेडिकल कलेज र डाक्टर व्यापार गर्छन्। अब के गर्ने थप छलफल हुनेछ।