मुम्बईमा ट्यांकरको ठक्करले एक नेपाली महिलाको मृत्यु

रोजगारीको लागि मुम्बई आएकी एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ। सुदूरपश्चिम कैलालीको फूलवारी घर भएकी माया भजन तिरुवाको मृत्यु भएको मृतकका देवर रत्निस तिरुवाले जानकारी दिए।

मृतक मायाका श्रीमान भजन तिरुवा पनि मुम्बईमा रोजगारी गर्छन्।भजनले श्रीमतीलाई साइकलमा काम गर्ने स्थानसम्म छोड्न जादै गर्दा, तिब्र गतिमा आएको पानी ट्याङरले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

नेपाली जनसम्पर्क समितिका पश्चिम मुम्बई भारत क्षेत्रका अध्यक्ष एमबी बोहोराका अनुसार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित पक्षलाई ट्यांकर मालिकले क्षतिपूर्ति दिने सहमति भएपछि मृतकको सब आफन्तले बुझेका छन्।

तिरुवा दम्पती चारसन्तानका साथ मुम्बईको मिरारोड लक्ष्मीपार्कमा बस्दै आएका छन्। ठक्कर पछि भजन पनि सामान्य घाइते भएका छन्।

भजन क्यान्सरपीडित हुन्।उनी उपचारसँगै मुम्बईको एक कम्पनीमा चौकीदार काम समेत गर्दैआएका छन् चौकिदारीको तलब उपचारमै लाग्ने भपछि, घर चलाउन मायाले पनि कम सुरु गरेकी थिइन्।चार सन्तानका तिरुवा दम्पतीलाई हातमुख जोड्न धौधौ भएपछि उनी घरेलु कामदारको रुपमा काम गरिरहेकी थिइन्। त्यहीँ काममा जाने क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति: : 2019-04-29 10:15:29

प्रतिकृया दिनुहोस्