नेपालमा पर्यटकका रूपमा 'अपराधी' प्रवेश, नौमहिनामा ५३७ देश निकाला

नेपालमा पर्यटकका रूपमा आउँने कतिपय विदेशी पर्यटक जघन्य अपराधमा संलग्न हुने गरेको तथ्य सार्वजनिक भएको छ। 

सरकाले साउनयता मात्र ८६ जना जघन्य अपराधी पर्यटकलाई देश निकाला गरेको छ।यस अतिरिक्त अन्य अपराधमा संलग्न चारसय ५१ गरी बितेका नौ महिनामा पाँसय ३७ विदेशी पर्यटकलाई देश निकाला भएका छन्।

अध्यागमन विभागका अनुसार उनीहरू नेपालको प्रचलित कानून अनुसार सजाय भोगेपछि देश निकाला भएका हुन्।

अध्यागमन विभागका प्रमहानिर्देशक ईश्वरराज पौडेल भन्छन्- 'देश निकाला भएका पाँचसय ३७ मध्ये ४५१ जना बिनाभिषा नेपालमा बसेका थिए भने ५१ जना अपरहरण, तस्करीजस्ता जघन्य अपराधमा संलग्न रहेको पाइयो।कतिपय देश निकाला भएकालाई अर्कोपटक नेपाल प्रवेशमा रोक लगाइएको छ।'

देश निकाला हुनेमा सबैभन्दा बढी इरानका २१ इरानी र १८ पाकिस्तानी रहेका छन्। उनीहरू जाली भिसामा नेपाल प्रवेश गरेका थिए। 

यसैगरी देश निकाला हुनेमा बाल यौन दूराचारमा संलग्न ३ विदेशी नागरिक पनि रहेका छन्। 

 

 

प्रकाशित मिति: : 2019-04-28 22:35:55

प्रतिकृया दिनुहोस्