कुटपिट गरी श्रीमतीको हत्या गर्ने डाक्टर जेल चलान

एजेन्सी

श्रीमती कुटपिट र हत्या अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ।

उनलाई पर्सा जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले र्पुपक्षका लागि जेल चलान गरेको हो।

डा. यादवलाई सोमबार साझ वीरगन्ज कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ।

डा. यादवको कुटाइबाट सिकिस्त भएकी श्रीमती सुनिता यादवको उपचारको क्रममा गत चैत १५ गते काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

मृतक सुनिताका माइती पक्षले दाइजो नदिएको आरोपमा उनीमाथि श्रीमानसहित सासु ससुराले गत चैत ६ गते राति कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए।

प्रकाशित मिति: : 2019-04-23 12:41:59

प्रतिकृया दिनुहोस्