वैदेशिक रोजगारमा गएका २४ नेपाली ‘कोमा’मा, ५४५ जेलमा

श्रोतः वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये  खाडीका ६ मुलुकमा मात्र २४ नेपाली कोमामा रहेको दु:खदायी तथ्यांक सार्वजनिक भएको छ। 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक गरेको यो  तथ्यांकमा तीन महिना र २१ पुरूष छन्। सबैभन्दा बढी नौ जना कतारमा कोमामा गएका छन् भने साउदीमा पाँच तथा कुबेत र बहराइन चार चाजना काेमामा छन्। यसैगरी ओमानर युएईमा एकएकजना कोमामा छन्।

कोमामा जानुको अर्थ जीवनको अन्तिम दिन कुर्नु हो।अर्थात् खाडीमा मात्र २४ नेपाली जीवनका अन्तिम दिन कुरिरहेका छन्।मेडिकल गरेर सबै किसिमले काम गर्न फिट रहेका ी नेपाली त्यहाँ काम गर्ने क्रममै यो अवस्थामा पुगेका हुन् ।

आफ्नो र परिवारको सुन्दर सपना साकार पार्न साहुको ऋण काढेर गएकाहरूको यो हालतको खबर आउँनु कसैको लागि पनि प्रिय हैन।तर, सरकार यता नेपाली युवालाई विदेश जान प्रोत्साहन गरिरहेको छ भने उता विदेशमा भने वैदेशिक रोजगारीमा गएकाहरू यो अवस्था ब्यहोरिरहेका छन्।  

यसैगरी वैदेशिक रोजगारीका क्रममा खाडी पुगेका पाँचसय ४५ जना नेपाली जेल जीवन बिताइरहेका छन्। जेल पर्नेमा पाँच सय २६ पुरुष छन् भने महिलाको संख्या १९ रहेको छ।

देशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार मलेसिया दुई महिलासहित दुई सय पाँचजना नेपाली जेलमा छन्। यसैगरी युएईमा १२ महिलासतिह एक य ८५ जना र कुवेतमा तीन महिलासहित ५८ जना जेल जीवन बिताइरहेका छन्। 

यसैगरी ओमानमा दुई महिला र एक पुरुष, साउदीमा ५४, कतारमा ३५ र बहराइनमा पाँच नपाली जेलमा छन्। 

 

 

 

प्रकाशित मिति: : 2019-04-20 06:06:27

प्रतिकृया दिनुहोस्