त्रिविको परीक्षामा त्रुटि, परीक्षा लापरबाहीबारे अख्तियारमा उजुरी

त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरका विद्यार्थीले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको र पाठयक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् ।

डिन कार्यालयमा उजुरी गर्दा सुनुवाइ नभएको भन्दै उनीहरूले सतर्कता केन्द्र र अख्तियारलाई गुहारेका हुन्।

विषयविज्ञहरूका अनुसार उक्त तहको क्वान्टम मेकानिक्स विषयमा पाठयक्रमभन्दा बाहिरको प्रश्न सोधिएको छ। परीक्षार्थीले ४५ पूर्णाकको परीक्षामा ३० अंकभन्दा बढी पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको दाबी गरेका छन्। त्यही विषयको प्रश्नपत्र परीक्षा समयभन्दा डेढ घण्टाअगावै बाहिरिएको थियो। गत पुस ९ गते काठमाडौंको महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा प्रश्नपत्र आउट भएको परीक्षार्थीहरूले बताए।

'१२ बजे परीक्षा सुरु गर्न प्रश्नपत्र बाँडियो, पाठयक्रमभन्दा बाहिरबाट प्रश्न आएपछि विद्यार्थीले विरोध गरे,' परीक्षार्थी नीरज सिंहले भने, 'प्रश्नपत्र संकलन गरियो, डेढ घण्टापछि पुनः सोही प्रश्नपत्रबाट परीक्षा लिइयो।' पुराना र नयाँ कोर्सका विद्यार्थीलाई समेत त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान र परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रश्नपत्रबाट परीक्षा लिएका हुन्। 'नयाँ र पुरानो कोर्सको पाठयक्रममा धेरै फरक छ, एउटै प्रश्नपत्रबाट परीक्षा लिनु लापरबाही हो,' एक प्राध्यापकले भने...

प्रकाशित मिति: : 2019-04-19 07:19:56

प्रतिकृया दिनुहोस्