मुम्बईको काश्मिरामा सुदूरपश्चिम फर्कनेको लर्को

तस्वीर: बीएल

नेपालमा चैत ढलेर बैसाख लाग्न थालेको छ। यसको अर्थ नेपालमा २०७५ साल विदा भएर २०७६ आउन लागेको छ। यता, अंग्रेजी क्यालेण्डरमा चल्ने, मुम्बई महानगरीलाई के चैत के बैशाख मतलब छैन, मतलब हुने कुरा पनि भएन।

तर, यतिबेला यही मुम्बई नगरीको काश्मिरा बसपार्कको दृश्य भने अरु बेलाको भन्दा भिन्नै छ।निकै भीडभाड देखिन्छ बसपार्क।बसभित्र खचाखच घुईचो।होहल्ला उस्तै।सडकैभरी पोका र मान्छे नै मान्छे।चारैतिर सामानका पोका।बसमा बस्ने ठाउँ माग्नेदेखि खोज्नेसम्मको निकै चहलपहल। यो मुम्बईको काश्मिरा भए पनि यहाँका बसका काउन्टरका कर्मचारीदेखि, यात्रुसम्म सबै नेपाली। लाग्छ, मुम्बईको काश्मिरा हैन, नेपालकै कुनै सहर बजारको बसपार्क हो।

मुम्बई निकै ब्यस्त सहर हो, महानगर।यस सहरमा अनगिन्ति नेपाली बस्छन्। उनीहरु कामको लागि यहाँसम्म आइपुगेका हुन्।यहाँका कम्पनी र होटेलमा धेरैजसो नेपाली नै चौकिदार भेटिन्छन्। मुम्बई महानगरीले सुदूरपश्चिम नेपालका धेरै नेपालीको गाँस बास र कपासको ब्यबस्था गर्छ।

नेपालका अन्य ठाउँमा नयाँ वर्ष भनिए पनि सुदूरपश्चिममा भने यसलाई विसु पर्व भनिन्छ। सुदुरपश्चिममा यसलाई ठुलै चाडका रूपमा मनाइन्छ।बिसु पनि मनाइने अनि मुम्बईको थकान पनि मेटन् पाइने भनेरसुदुरपश्चिमका धेरै नेपाली यही बेला गाउँघर फर्कन्छन्।

काश्मिराबाट धनगढी, बुटवलसम्म सिधै बस जान्छ।सिधै जाने भएपछि कम झनझट हुने भएकाले पनि बस नै रोजाईमा पर्छ।साप्ताहिक बस सेवा सञ्चालनमा छ।यसरी बसमै जन्मभुमिसम्म जान पाउँदा, यात्रुहरु पनि खुशी नै देखिन्थे।बिसु पर्ब बनाउन जानेहरुको ताती नै देखिन्छ।

त्यही तातीमा भेटिए, लम्कीका कृष्ण आचार्य। बिसुका बेला गाउँमा निकै रमाइलो हुने भएकाले पनि आफुले यही समयमा घर जाने छुट्टी पारेको उनले बताए। बिसु पर्ब मनाएर अनि केही दिन मुम्बईको थकान मेटाएर पुनः काममै फर्कने उनको योजना छ।

नन्द बिकको बर्षौदेखिको कर्मथलो हो मुम्बई। उनी पनि यही मौका पारेर जन्मथलो पुग्ने यात्रामा छन्। गाडीको नजिकै बसेका उनको अनुहारमा खुशी पोतिएको सजिलै अनुभव गर्न सकिन्थ्यो।उनलाई घर पुग्न आतुरी थियो। 'मुम्बईका बस्दा बिताएका दुःख/सुखका सबै पल बिर्सिए, अब त गाउँकै कुरा ज्यादा आउँछ', नन्दले भने।मुम्बईमै आधा जिन्दगी बितेको उनले बताए।

शेरबहादुर साउद घरी यता, त घरी उता गरिरहेका थिए।साउदले फोनमा बेलाबेला कुरा गरिरहेका हुन्थे।गाउँ पुग्ने आतुरी उनीमा पनि थियो।आजकाल मुम्बईबाट धनगढी सिधै बसमा जान पाउँदा, खुशी लागेको उनले बताए। हाम्लाई पनि सुरक्षा भो, झन्झट पनि भएन, गाडीका मान्छेले राम्रो काम गर्नुभो, साउदले भने।

मुम्बईका लागि पनि, यो समय निकै राम्रो समय हो। कामधन्दाको हिसाबले अब चटारो सुरु हुने गर्छ।तर, यहीँ समयमा काम छाडेर गाउँ जानेको पनि चाप हुन्छ। 

काम गर्ने ठाउँका मालिकले पूरै पैसा समेत नदिएको बर्षपार्कमा केही नेपाली गुनासो गदै थिए।हुन त यहाँ काम गर्नेका लागि बिभिन्न सहयोग गर्ने उदेश्यले, मुम्बईमा धेरै संघ-संगठनसमेत बनेका छन्। काम गरेको पैसा नपाउदा समेत यी संघ-संगठन बेखबर देखिन्छन्।

प्रकाशित मिति: : 2019-04-12 21:23:11

प्रतिकृया दिनुहोस्