अख्तियारकै असईविरूद्ध भष्ट्राचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका एक असईमाथि भष्ट्राचारको मुद्दा दायर भएको छ। आइतबार विषेश अदालतमा भष्ट्राचारको मुद्दा दायर गरिएका असई जन्म अधिकारी हुन् । 
आयोगको सुर्खेत कार्यालयमा कार्यरत असई अधिकारी अख्तियारमा परेको मुद्दालाई तामेलीमा राखिदिने भन्दै सेवाग्राहीबाट एक लाख घुस लिएकै अवस्थामा रंगेहात पक्राउ परेका थिए।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले अधिकारीले सामाजिक सञ्जालमै अख्तियारको प्रहरी भएको उल्लेख गरेर गलत फाइदा उठाएको समेत बताए।

 

प्रकाशित मिति: : 2019-03-17 21:32:06

प्रतिकृया दिनुहोस्