एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

फाइल तस्बिर

नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।

उनले भने, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए ।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनिहरुको योगदानलाई विर्सनु नहुने बताए। देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति: : 2019-10-26 14:57:28

प्रतिकृया दिनुहोस्