विश्व भोकमरीको सूचांकमा नेपाल ७३औं स्थानमा

फाइल तस्बिर

विश्व भोकमरीको सूचांकमा भारत दक्षिण एसियामै अफगानिस्तानपछि सबैभन्दा धेरै भोकमरी भएको देशमा परेको छ। ग्लोबल हंगर इन्डेक्स (जीएचआई) नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको गरेको सूचांकअनुसार अफगानिस्ता १०८औं स्थानमा रहँदा भारत १०२औं स्थानमा छ।

जीएच्आईले ११७ देशको सूचक सार्वजनिक गरेकोमा सूचिमा नेपाल सूचांकको ७३औं स्थानमा रहेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन सूचांकको २५औं स्थानमा छ।

सुचांकको ६६ औं स्थानमा रहेको श्रीलङ्का दक्षिणएसियामै सबैभन्दा माथि छ। बंगलादेश ८८औं, पाकिस्तान ९४औं स्थानमा छ। संख्या थोरै भएका कारण दक्षिण एसियाका राष्ट्र भुटान र माल्दिभ्स समावेश नगरिएको जीएच्आईले जनाएको छ।

नेपालको अंक २०.८ र भारतको ३०.३, श्रीलङ्काको १७.१, पाकिस्तानको २८.५, अफगानिस्तानको ३३.८ रहेको छ। सूचांकमा रहेका ११७ देशमध्ये ४३ देश भोकमरीमा रहेका छन्। सूचीको पुच्छारमा रहेका ४ देशलाई शंकटग्रस्त भनिएको छ। जसमा मडागस्कर ११४औं स्थान, चढ ११५औं स्थान, यमन९११६औं स्थान र सेन्ट्रल अफ्रिकन रिपब्लिक ११७औं स्थान रहेका छन्। 

प्रकाशित मिति: : 2019-10-16 14:23:49

प्रतिकृया दिनुहोस्