बजारमा सुनको भाउ फेरि घट्यो !

फाइल तस्बिर

सोमबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने आज ८४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2019-10-14 12:14:30

प्रतिकृया दिनुहोस्