नेपालमा रहेको ५ करोड भारु साट्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीको आग्रह

तस्बिरः एजेन्सी

अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा रहेको ५ करोड भारतीय नोट साट्ने व्यवस्था मिलाउन भारतीय वित्तमन्त्रीलाई आग्रह गरेका छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका खतिवडाले वित्तमन्त्री निर्मला सितारमणसँगको भेटमा उक्त आग्रह गरेका हुन् । अर्थमन्त्री डा. यूवराज खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

भारतले कालोधनविरुद्ध कारवाही गर्ने भन्दै एकाएक ५ सय र एक हजार भारुका नोट प्रतिवन्धित गरेको थियो । सो प्रतिवन्धपछि उसले आफ्नो देशका नागरिकसँग रहेका ती नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको छ ।

छलफलमा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आस्वासन भारतीय वित्तमन्त्री सितामरणले दिइन् ।
अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराए । साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयनको अवस्थाबारे समेत दुई अर्थमन्त्रीबीच छलफल भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्न प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अर्थमन्त्रीले मारतीय समकक्षीसँग आग्रह गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायत विषयमा समेत दुई अर्थमन्त्रीबीच छलफल भएको छ । नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेl

प्रकाशित मिति: : 2019-10-04 12:35:05

प्रतिकृया दिनुहोस्