बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो

फाइल तस्बिर

बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति: : 2019-10-03 12:20:14

प्रतिकृया दिनुहोस्