प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

फाइल तस्बिर:बिएल

असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: : 2019-10-26 11:38:27

प्रतिकृया दिनुहोस्