सुनको भाउ सोमबार पनि घट्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको भाउ सोमबार पनि घटेको छ । आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-30 11:30:05

प्रतिकृया दिनुहोस्