भेनेजुयलाका राष्ट्रपति मदुरो र प्रम ओलीबीच भेट

फाइल तस्बिर:बिएल

भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ ।

असंलग्न आन्दोलन (नाम) जारी १८औँ शिखर सम्मेलनका क्रममा उनिहरुबीच भेट भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनिहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।

शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भयो । सो अवसरमा उनिहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरेका छन् । नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: : 2019-10-25 22:12:43

प्रतिकृया दिनुहोस्