पानीसँगै परेको चट्याङ लागेर १५ भेडाको मृत्यु

सांकेतिक तस्बिर

कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडाको मृत्यु भएको छ ।

पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । 

प्रकाशित मिति: : 2019-09-24 20:55:56

प्रतिकृया दिनुहोस्