कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस

फाइल तस्बिर

सत्तारुढ दल नेकपाले कास्की २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए ।

नेकपाका वामदेव गौतम उठ्ने चर्चा चलेपनि उनले आफ्नो नाम फिर्ता लिएका थिए । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईलाई सिफारिस गरेको हो ।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ ।

१५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति: : 2019-10-25 17:57:11

प्रतिकृया दिनुहोस्