मलाई पक्राउ गरेर प्रहरीले कानूनी राज्यको अवधारणाको उल्लंघन गर्‍यो:आलम

फाइल तस्बिर:बिएल

राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं.२ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमले आफूलाई पक्राउ गरेर प्रहरी प्रशासनले कानूनी राज्यको अवधारणाको उल्लंघन गरेको बताएका छन् ।

म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले उक्त कुरा बताएका हुन् । ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’

उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले शुक्रबार थप ८ दिनको म्याद थप गरेको छ ।यसअघि अनुसन्धानका लागि प्रहरीले समय मागेपछि असोज २८ मा अदालतले ७ दिनको म्याद थप गरेको थियो ।


१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो

प्रकाशित मिति: : 2019-10-25 12:56:07

प्रतिकृया दिनुहोस्