शनिबार, १२ जुलाई २०२५

आम पार्टीले महाराष्ट्र र हरियाणा चुनावमा १ प्रतिशत मत पनि पाएन

News Image
Agency
• • •

भ्रष्टाचार विरोधी अभियानबाट स्थापित भएको आम आदमी पार्टी (एएपी) ले भर्खरै सम्पन्न भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावमा एक प्रतिशत मत पनि प्राप्त गर्न सकेन।

आउँदो फरवरीमा राजधानी नयाँ दिल्लीमा हुन लागेको विधानसभा चुनावको परिप्रेक्षमा महाराष्ट्र र हरियाणाको नतिजाले पार्टीलाई निकै निरास तुल्याएको छ।

चार वर्षअघि राजधानी दिल्लीमा क्रान्तिकारी परिवर्तन ल्याउने दावा सहित आम पार्टीले राजधानीमा एक्लो बहुमत सिद्ध गर्दै सरकार बनाएको थियो।

बिहीबार सम्पन्न मतगणनाअनुसार आम पार्टीले महाराष्ट्रमा ० दशमलव १२ प्रतिशत मत मात्र प्राप्त गरेको छ। यस्तै, हरियाणामा ० दशमलव ४३ प्रतिशत मत प्राप्त गर्न सफल भयो। यी दुबै राज्यको निर्वाचनमा पार्टीका कुनै कार्यकर्ताले चुनाव जित्न सकेनन्। धेरै उम्मेदवारले आफ्नो जमानत पनि बचाउन सकेनन्।

राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल हरियाणाका स्थायीवासिन्दा हुन्। यो अवस्थामा पार्टीको दयनीय प्रदर्शनले कार्यकर्तामा पनि निरासा छाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?