कैलाशले हेलि सर्भिसले थप्यो नयाँ हेलिकप्टर

पर्यटन वर्ष २०२० लाई लक्षित गरी कैलाश हेलिकप्टर सर्भिस प्रालिले नयाँ हेलिकप्टर ल्याएको छ।

योसँगै हेलिकप्टरको कम्पनीसँग ३ ओटा हेलिकप्टर भएका छन्। कैलाश हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर प्रतापजङ पाण्डेले ९ एन एमटी एएस ३५० कलसाइन भएको बी ३ ई हेलिप्टरले शुक्रबारबाट उडान सुरु गरेको जानकारी दिए ।

भ्रमण वर्ष २०२० नजिकिरहेका बेला कैलाशले नयाँ हेलिकप्टर थप गरेको हो। पछिल्लोे समय नेपालमा हेलिकप्टरको सेवा लिने नेपालीहरुको सङ्ख्या पनि बढिरहेको छ।
हाल नेपालमा १० ओटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2019-08-24 08:47:27

प्रतिकृया दिनुहोस्