मकै खेतीबाट मनग्य आम्दानी (भिडियो)

रंगेली ।

मोरङको रंगेली, सुनवर्सी तथा दक्षिणी भेगका पालिकाका किसान अहिले मकैबाली भित्र्याउन ब्यस्त छन्। मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका किसानहरू मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

भीर पाखा तथा बलौटे माटोमासमेत उत्पादन हुन थालेपछि अहिले मकैको समयमा बाँझो खेत हरिया र भरिभराउ भएका छन्।

 फागुनमा रोपेर जेठमा बालि भित्र्याउने गरिन्छ। अरू बालीभन्दा मकै खेतीमा धेरै खर्च र मेहनत गर्नुनपर्ने  भएको मुन्नी देवि सरदारले बताईन्।

दुई बिगाहा जमिनमा अधिँया मकै खेती गरेकी उनले स्थानीय सरकारले आफ्नो पीर मर्का नबुझेको गुनासो गरिन्।

‘किसानका लागि नत कुनै अनुदानै छ नत उत्पादन गरेको बस्तुको सही मूल्यांकन हुन्छ,’ उनले भनिन्,‘जेठ पहिलो साता तीन हजार दुई सय रूपैयाँ प्रति कुईन्टल खरिद गर्ने व्यापारीले अहिले आफू खुसी मकैको भाउ लगाउने गरेका छन्।’

व्यापारीले किसानलाई मकैमा पानी परेको र राम्रो नभएको भन्दै मकैको मूल्य कम गर्ने गरेको किसानहरू बताउँछन्। 

अहिले बजारमा बिक्री गर्ने समयमा १७ सय रूपैयाँ प्रतिकुईटलमा खरिद गर्ने गरेको किसानहरूले बताए।

रंगेलीका कृषक दिपेन्द्र थापाका अनुसार भारतबाट मकैको बिउ खरिद गरेर ल्याएको सबै राम्रोसँग उम्रिने   घोघासमेत राम्रो हुने तर नेपालमा उत्पादन हुने मकैका बीउ  राम्रो नउम्रिने, उम्रिए पनि घोघासमेत सानो हुने र उत्पादनमा कमि आउने गरेको बताए।

भारतमा चार केजीलाई ५ सय रूपैयाँदेखि २ हजार रूपैयाँ खरिद गर्नुपर्ने हुन्छ।

नेपालमा सोही मकैको बीउ चार केजीको १ हजार   रूपैयाँदेखि ३ हजार रूपैयाँसम्म पर्ने गरेको किसानहरूले बताउँछन्।

एक विगाहामा बिउ ,मलखाद, पानी गोडमेल र मकै घरसम्म पुर्‍याउन ५० हजार रूपैयाँ बराबरको खर्च हुने किसानहरू बताउँछन्।

प्रकाशित मिति: : 2019-06-18 17:13:57

प्रतिकृया दिनुहोस्