नेपालमा रोकिएन सुन तस्करी: तीन किलो सुनसहित तीनजना चिनिया पक्राउ

तस्वीर : फाइल

चीनबाट भारतमा सुन तस्करी गर्ने मार्गका रूपमा रहेको काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा सुन तस्करीको क्रमभंग हुन सकेको  छैन। 

यही क्रमलाई निरन्तरता दिइरहेका तीनजना चिनिया नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गपेका छन्। उनीहरूले मलद्वारमा तीन किलो अवैद्य सुन लुकाएर ल्याएका थिए।

नेपाली समयअनुसार विहिबार साँंझ पक्राउ परेका  उनीहरु चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङ हुदै काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ।

एक साताअघि मात्र प्रहरीले विमानस्थलबाट ६ किलो सुनसहित पाँचजना भारतिय नागरिक नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2019-04-11 22:01:51

प्रतिकृया दिनुहोस्