विश्वका दशौं लाख मानिसले प्रयोग गरिरहेका स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

तस्बिर:एजेन्सी

आगामी केही महिनाभित्रै विश्वका दशौं लाख मानिसले प्रयोग गरिरहेका स्मार्टफोनमा ह्वाट्सएप चल्ने छैन। सन् २०२० को फेब्रुअरी १ देखि आइओएस ८ र त्योभन्दा पुरानो अपरेटिङ सिस्टम भएका आइफोनमा ह्वाट्सएप चल्ने छैन।

त्यस्तै एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुराना भर्सनको अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ।

त्यस्तै ह्वाट्सएपले आगामी डिसेम्बर ३१ देखि नै सबै विन्डोज फोनहरुमा सपोर्ट बन्द गर्दैछ। डिसेम्बरको अन्त्यबाटै माइक्रोसफ्टले पनि विन्डोज १० मोबाइल अपरेटिङ सिस्टमको सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ।

ह्वाट्सएपका अनुसार पुराना अपरेटिङ सिस्टमका लागि अपडेट उपलब्ध गराउन बन्द भैसकेको हुँदा कतिपय फिचरहरुले अहिलेदेखि नै काम नगर्न सक्दछन्।

एन्ड्रोइडको ४.०.३ तथा आइओएस ९ र त्यसभन्दा पछिल्ला अपरेटिङ सिस्टममा भने पूर्ववत् रुपमा ह्वाट्सएप चलाउन सकिनेछ।

 

प्रकाशित मिति: : 2019-12-11 13:18:48

प्रतिकृया दिनुहोस्