भारतमा इन्टरनेटको गती नेपालकाे भन्दा पनि कम

फाइल तस्बिर

मोबाइल इन्टरनेटको स्पिडमा भारत संसारको १२८ औं स्थानमा छ ।

ब्रोडब्यान्ड स्पीडको विश्लेषण गर्ने कम्पनी ‘ओकला’ को सेप्टेम्बर २०१९ का लागि जारी रिपोर्टमा भारत श्रीलङ्का, पाकिस्तान र नेपालभन्दा पनि पछि छन् ।

‘ओकला’ को विश्वव्यापी स्पीड परीक्षण सूचांकका अनुसार संसारमा औसत डाउनलोड स्पिड २९.५ मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस र) अपलोड स्पिड ११.३४ एमबीपीएस छ ।

भारतमा अपलोड स्पिड ४.३८ एमबीपीएस र डाउनलोड स्पिड ११.१८ आसपास पाइएको छ । ९५.११ एमबीपीएसको डाउनलोड र १७.५५ एमबीपीएसको अपलोड स्पिडका साथै दक्षिण कोरिया शीर्ष स्थानमा छ ।

श्रीलङ्का ८१ औं स्थानसहित सबैभन्दा माथि छ । नेपाल ११९ औं स्थानमा छ भने पाकिस्तान ११२ औं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-06 08:21:24

प्रतिकृया दिनुहोस्