गुरूङ सुन्दरीले भनिन्- जातीय सद्भाव र एकताका लागि काम गर्छु

पोखरा । तेस्रो हिरो मिसेस प्रतियोगिताका विजेता रविता गुरुङ आफूले जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि  काम गर्ने बताएकी छन्।

विवाहित गुरुङ महिलाको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि हात पार्दै २८ वर्षीया गुरूङले भनिन्, ‘विभिन्न समयमा हुने यस्ता कार्यक्रमहरुले जातजाति, भाषाभाषीको रहनसहन र संस्कृतिको अध्ययन अवलोकन तथा संरक्षण गर्ने प्रेरणा दिन्छ।’

झट्ट हेर्दा बाहिरी रुपको विज्ञापन जस्तो ठानिए पनि यस्ता प्रतियोगिताले व्यक्तित्व र नेतृत्व विकाससँगै बौद्धिक ज्ञान बढाउन सहयोग पुर्‍याउने उनको भनाइ छ।

आफूले प्रतियोगितामा भाग लिएर उपाधि हात पार्ने बेलासम्म धेरै कुरा सिकेको र त्यसले आत्मविश्वास बढाएको उनले बताइन्। पोखरामा हालै सम्पन्न तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगितामा ११ विवाहिता गुरुङ महिला अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए।

करीब डेढ महीना व्यक्तित्व र नेतृत्व विकासका साथै जातीय गाउँका घरबासको अध्ययन, अवलोकन तथा जातीय पहिचानको महत्वका बारेमा तालीम प्रदान गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक पवि गुरुङले बताइन्। विजेतालाई हिरो स्कुटर र विभिन्न उपहार प्रदान गरिएको छ।

त्यसैगरी सो प्रतियोगिताको फष्ट रनर अप सम्झना गुरुङ र सेकेण्ड रनर अप तनु गुरुङ भएका थिए।

प्रकाशित मिति: : 2019-07-22 23:47:07

प्रतिकृया दिनुहोस्