‘भारत’ को देशभित्र कमाइ २ सय करोड नजिक

तस्वीरः एजेन्सी

सलमान खानको पछिल्लो फिल्म ‘भारत’ २ सय करोड क्लब नजिक पुगेको छ। केटरिना कैफ र सलमान अभिनित फिल्मले देशभित्र ११ दिनमा १ सय ९१ करोड कमाइ गरेको भारतीय अखबारहरूले जनाएका छन्।

सलमानको यो फिल्म देशभित्र २ सय करोड क्लब पुग्न ९ करोड बाँकी छ। फिल्मले आगामी साता २ सय करोड क्लब पुरा गर्ने आशा गरिएको छ। फिल्मले विदेशमा २ सय ५० करोडभन्दा बढी कमाइ गरिसकेको छ। फिल्म व्यवसायका समीक्षक सुमित कडेलका अनुसार ‘भारत’को प्रदर्शनलाई मनन गर्ने हो भने अहिलेको कमाइ धेरै राम्रो हो।

विश्वव्यापी कमाइको कुरा गर्ने हो भने, सलमानको यो सातौं अधिक कमाइ भएको फिल्म पनि हो। यसअघि बजरंगी भाईजान, सुल्तान, टाइगर जिन्दा हे, प्रेम रतन धन पायो, रेस–३ र किकले धेरै राम्रो कमाइ गरेका थिए।

प्रकाशित मिति: : 2019-06-16 17:11:58

प्रतिकृया दिनुहोस्