नेपालमा सम्पति शुद्धिकरणमा 'फसेकी' आनी कन्सर्टका लागि बेलायत आउँदै

गायिका आनी छोइङ डोल्मा । तस्बिर : फाइल

नेपालमा सम्पति शुद्धिकरण मुद्दामा अनुसन्धान भैरहेकी गायिका आनी छोइङ डोल्मा जुलाई ४ मा बेलायत आउँदैछिन् । उनी जुलाई ७ मा रेडिङमा आयोजना हुने च्यारिटी कन्सर्टमा सहभागी हुन एकसाताको सांगीतिक भ्रमणमा बेलायत आउन लागेकी हुन् ।

च्यारिटी कन्सर्ट बेलायतको रेडिङमा बौद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउनका लागि आयोजना हुदैछ। रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा आयोजना हुने कार्यक्रममा आनीले बुद्ध दर्शनसम्बन्धी प्रवचन र एकल गायन प्रस्तुत गर्ने बताइएको छ । 

आनीको टोलीमा साथ संगीतकार न्यु बज्राचार्य, वाद्यवादकहरू रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि रहेका छन् । 

कार्यक्रम  बुद्धिस्ट गुम्बा रेडिङ यूकेले आयोजना गर्न लागेको हो । यस संस्थाले गुम्बा निर्माणका लागि हालसम्म एक लाख ६० हजार पाउन्ड उठाइसकेको छ ।

प्रकाशित मिति: : 2019-06-15 23:55:03

प्रतिकृया दिनुहोस्