शाहरुखको छोरापछि अमिताभकी नातिनीको नाम जोडियो जाभेद जाफरीको छोरासँग

The Indian

बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नाभ्या नाभेली नन्दाको नाम पहिले बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानसँग जोडिएर आउने गर्दथ्यो। 

थुप्रै अखबारले यी दुई बीचको डेटिङलाई लिएर समाचार बनाउँथे।

तर पछिल्लो समय कथामा नयाँ ‘टुइष्ट’ आएको छ। यतिबेला नाभ्या बलिउडका पुराना कलाकार जाभेद जाफरीका छोरा मिजानसँग ‘डेटिङ’ मा व्यस्त छिन्।

मिजान सञ्जय लिला भन्सालीको नयाँ फिल्म मलालमा अभिनेताको भूमिकामा देखा पर्दैछन्। उनले पछिल्लो समय अमिताभको नातिनीसँग जोडिएर आएको आफ्नो नाममा कुनै सत्यता नभएको बताएका छन्।

उनले नाभ्या आफ्नो शुभचिन्तक र राम्रो साथी भएको बताएका छन्। उनले भर्खरै दिएको एक अन्तर्वार्तामा नाभ्या आफ्नो बहिनीको मिल्ने साथी भएको बताए। ‘म

कोहीसँग सम्बन्धमा छुइन्। उनी मेरो बहिनी र मेरो साथी मात्र हुन्,’ उनले भनेका छन्।

मिजानकी बहिनी आल्भिया जाफरी प्रायः सोशल मिडियामा देखा पर्ने गर्छिन्। नाभ्यासँग खिचेको थुप्रै फोटो उनले पोष्ट गरेकी छिन्।

मिजानले डेब्यु गर्न लागेको फिल्ममा हिरोइनको रुपमा सञ्जय लिला भन्सालीकी भान्जी सर्मिन सेगल समावेश छिन्। फिल्म ५ जुलाईमा सार्वजनिक हुँदैछ।

प्रकाशित मिति: : 2019-06-11 18:20:53

प्रतिकृया दिनुहोस्