सांसद बनेकी बलिउड अभिनेत्री नुसरत जहान विवाह गर्दै

तस्वीरः एजेन्सी

भारतको १७ औं लोकसभा निर्वाचनमा विजय प्राप्त गर्दै सांसद चुनिएकी बलिउड अभिनेत्री नुसरत जहानले अब विवाह गर्दैछिन्।

अभिनेत्रीबाट सांसद बनेकी नुसरतले आफ्नो विवाहको जानकारी आफ्नै सोशल मिडियामार्फत दिएकी हुन्।

उनी ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसबाट बंगालको बशीरहाट सिटबाट विजयी भएकी हुन्। उनले कोलकाताका व्यापारी निखिल जैनसँग विवाह गर्न लागेको बताइन्। विवाह टर्कीको राजधानी इस्तानाबुलमा हुँदैछ।

नुसरतले इन्स्टाग्राममा सार्वजनिक गरेको आफ्नो फोटोमा औलामा ‘इङ्गेजमेन्ट रिङ’ देखिएको छ। तर, उनले हुनेवाला श्रीमान्को फोटो भने सार्वजनिक गरेकी छैनन्।

गत सोमबार नुसरत तृणमूल कांग्रेसकी अर्की सांसद मिमी चक्रवर्तीसँग पहिलो पल्ट संसद भवन प्रवेश गरेकी थिइन्। संसद भवनबाहिर खिचिएको उनको फोटो अहिले सबैभन्दा बढी ट्रोल भइरहेको छ।

धेरैले उनको पोसाकलाई लिएर मजाक उडाएका छन्। उनी विदेशी लुगा लगाएर सांसद भवन गएको भन्दै आलोचना भएको छ।

प्रकाशित मिति: : 2019-06-01 08:17:43

प्रतिकृया दिनुहोस्