कटरिनाले भनिन्– सफलताका लागि ३ खान ‘ग्यारेन्टी’ होइनन्

Agency

गत वर्ष कटरिना कैफले बलिउडका बादशाह शाहरुख खानसँग जिरो र सुपर स्टार आमिर खानसँग ठग्स अफ हिन्दुस्तानमा अभिनय गरेकी थिइन। यी दुवै फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो। यस बाहेक पनि सलमान खानसँगको फिल्म रेस–३ पनि फ्लप भयो।

भारतीय अखबारहरूलाई कटरिनाले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘तीन जना खानसँग फिल्म खेल्ने वित्तिकै सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन्।’
उनले फिल्म भिन्न सोच र अप्रोचबाट सफल बन्ने बताउँदै सफलतामा धेरै कुरा आवश्यक पर्ने बताएकी छिन्।

‘कुनै पनि फिल्म एक्लो प्रयासमा सफल हुने गर्दैन। मैले यी फिल्म एकदमै ठूलो हिट हुन्छ भनेर अभिनय गरेको पनि होइन। मेरो लागि फिल्मको कथा महत्वपूर्ण हुन्छ,’ उनले भनेकी छिन्।

कटरिना अहिले आफ्नो आगामी फिल्म ‘भारत’ को प्रमोशनमा व्यस्त छिन्। सलमानसँग उनले यो फिल्ममा अभिनय गरेकी छिन्। फिल्म ५ जुनमा सार्वजनिक हुँदैछ।

प्रकाशित मिति: : 2019-05-29 12:19:02

प्रतिकृया दिनुहोस्