कतारमा जुन ६ मा हुने  ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को भब्य तयारी  पुरा, धुर्मुस सुन्तली लाई १० लाख सहयोग घोषणा

कतारको राजधानी दोहामा आउदो जुन ६  मा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को तयारी पुरा भएको छ ।

कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा जुन ६ (इदको द्रोस्रो दिन ) हुन लागेको नेपाल आइडल र बुगीवुगी इद फेस्टिवलको आयोजक रहेका गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बेस्ट वेष्टर्न होटेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उपसंयोजक गुरुङले कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने उक्त कार्यक्रममार्फत चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गर्ने पनि वताए । गुरुङले उक्त कार्यक्रम नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरे ।

यसअघि पनि गुरुङले नेपाल आइडल,द भ्वाइस अफ नेपालजस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलतापुर्वक ग्राण्ड फिनाले सम्पन्न गरेका थिए। नेपाल आइडल र बुगीवुगी इद फेस्टिवल कार्यक्रमका सल्लाहकार सागर नेपालले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

नेपालले यो कार्यक्रम प्रविन गुरुङको मात्रै नभएर समग्र कतारबासी नेपालीहरुको भएको बताए । उनले सबै नेपालीहरु मिलेर कार्यक्रम भब्य अनि सभ्य बनाउनुपर्ने बताए । कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए पूर्व मध्यपुर्ब संयोजक नरेन्द्र भाट,नेकपा कतारका अध्यक्ष चानक पोखरेल,नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ,रास्ट्रीय मानवअधिकार आयोग कतारका नेपाल पर्तिनिधी प्रो रमाजन अलि मिया, अन्तरास्ट्रिय मुस्लिम समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदालगाएतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे   ।

शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि  ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् ।

यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ  । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ ।

उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने आयोजक गुरुङले बताए । कार्यक्रम अहिलेसम्मकै भव्य र मनोरञ्जनपूर्ण कार्यक्रम हुने आयोजकको भनाई छ । कार्यक्रमको सफलताको लागि कतारमा रहेका विभिन्न संघ संस्थाहरु क्रियाशील भएर लागिरहेका छन्

प्रकाशित मिति: : 2019-05-28 11:09:10

प्रतिकृया दिनुहोस्