करिश्माले गरिन् बाबुरामलाई बाइबाइ: पार्टी राजनीति त्यागेको घोषणा

करिश्मा : नयाँ शक्तिमा लागेको नयाँ शक्ति नै नरहेपछि त्यसमा लागिरहने कुरा भएन । तस्बिर सौजन्य: करिश्मा ।

नेपालकी भेट्रन अभिनेत्री करिष्मा मानन्धरले पार्टी राजनीति परित्याग गरेकी छिन्। तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति यात्रा सुरू गरेकी नेत्री मानन्धरले त्यो पार्टी नै नरहेपछि पार्टी राजनीति त्यागेकी हुन्।उनले आफू हाल सक्रिय रहेकाे पार्टीकाे राजनीतिमा नरहेको घोषणा गरेकी छिन्।

मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको बताउँदै अभिनेत्री करिश्माले भनिन्- ‘लिखित रुपमा राजीनामा दिन बाँकी छ। व्यक्तिगत केही महत्वपूर्ण काम गर्नुपर्ने भएकोले पार्टी राजनीतिबाट अलग गरेकी हुँ, सधैङका लागि राजनीति छोडेको हैन।'

चैत २३ गते तत्कालीन नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएयता करिश्मा निष्क्रियजस्तै रहेकी थिइन्। नेपालकी लोकप्रिय नायिका करिष्मा झण्डै चार वर्षअघि २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन्।

 

प्रकाशित मिति: : 2019-05-27 22:23:21

प्रतिकृया दिनुहोस्